गुगलले युआरएल सर्टनर सर्भिस र गुगल प्लस बन्द गर्यो

एजेन्सी– गुगलले मार्च ३० देखि युआरएल सर्टनर सर्भिस बन्द गरेको छ । कम्पनीले यसको बन्द गर्ने घोषणा २०१८ मा गरेको थियो । युआरएल सर्टनर टुल २००९ मा सुरु गरेको थियो । प्रयोगकर्ताले ठूला लिंकलाई सानो बनाउन यो टुलको प्रयोग गर्न सक्थे । 

तर कम प्रयोग भएको कारण कम्पनीले यसलाई बन्द गरेको प्रतिक्रिया दिएको छ । 

मे २०१८ देखि यो सुविधा रोकिएको थियो र मार्चदेखि पूर्णरुपमा यसलाई बन्द गरिएको छ । 

सर्भिस बन्द गरेपछि गुगलले आफ्ना प्रयोगकर्तालाई एफडिएल र बिट्लीजस्ता सर्टनर टुल प्रयोग गर्न सल्लाह दिएका छन् । 

गुगल प्लस पनि बन्द

त्यस्तै गुगलको सामाजिक सन्जाल ‘गुगल प्लस’ पनि मंगलबारबाट बन्द भएको छ । प्रयोगकर्तालाई नोटिफिकेसन पठाएर यी विषयमा पूर्वजानकारी दिएकाे थियाे ।



गुगल प्लस सन् २०११ मा खाेलिएकाे खोलिएको थियो । यसमा अरु सामाजिक सन्जालमा जस्तै फोटो र  म्यासेज सेयर गर्न सकिन्थ्यो । यसका डाटाहरु चोरी भएको खुलासा भएपछि गुगलले गुगल प्लस बन्द गर्ने घोषणा गरेको थियो ।

गुगलका झण्डै एक दर्जन सेवाहरु असफल भएर बन्द भइसकेका छन् । गुगल बज, गुगल डिक्सनरी, गुगल ल्याब्स, पिकनिक, जाइकू, गुगल रिडर, अर्कुट, पिकासा, क्रोमबुक पिक्सेल, गुगल अल्लो लगायतका सेवा बन्द भएका छन् ।



 

  • प्रकाशित मिति : चैत १९, २०७५ मंगलबार १३:१९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया