सर्वोच्चको न्यायाधीशका लागि पाँचजना सिफारिस

काठमाडौं– न्यायपरिषदले सर्वोच्च अदालतको न्यायाधीशमा पाँचजनाको नाम सिफारिस गरेको छ ।सिफारिस हुनेमा न्यायाधीश प्रकाश ढुंगाना, न्यायाधीश सुष्मालता माथेमा, पूर्वमहान्यायाधिवक्ता हरि फुयाँल, वरिष्ठ अधिवक्ता कुमार रेग्मी र अधिवक्ता मनोजकुमार शर्मा छन् । 

ढुंगाना उच्च अदालत पाटनका मुख्य न्यायाधीश हुन् भने माथेमा उच्च अदालत सुर्खेतकी मुख्य न्यायाधीश हुन् । फुयाँल केपी शर्मा ओलीको पहिलो प्रधानमन्त्रीकालका महान्यायाधिवक्ता हुन् । त्यसैगरी, शर्मालाई वकिलहरूमध्येबाट सर्वोच्चको न्यायाधीशमा सिफारिस गरिएको हो ।

रेग्मी लोकतान्त्रिक खेमाका हुन् भने फुयाँल र शर्मा प्रगतिशील खेमाबाट सिफारिस भएका हुन् । पाँचजनामध्ये रेग्मी र फुयाँल प्रधानन्यायाधीशको लाइनमा हुनेछन् । 

तत्कालीन एमालेकी सांसद एवं वर्तमान न्यायाधीश सपना मल्ल प्रधानपछि रेग्मी र फुयाँल प्रधानन्यायाधीशको रोलक्रममा हुनेछन् । न्याय परिषद्का अधिकारीका अनुसार विसं २०९० सम्मका लागि सर्वोच्चको नेतृत्व लगभग तय भइसकेको छ । 





  • प्रकाशित मिति : चैत १९, २०७५ मंगलबार १४:१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया