एसइई प्रश्नपत्र आउटमा संलग्नलाई सप्तरी प्रहरीले आज सार्वजनिक गर्ने

काठमाडाैं– प्रदेश नं २ मा एसइई प्रश्नपत्र आउट गर्नेहरुलाई प्रहरीले आज सार्वजनिक गर्न लागेकाे छ । जिल्ला प्रहरी कार्यालय, सप्तरीले पत्रकार सम्मेलन गरी आरोपीहरुलाई सार्वजनिक गर्न लागकाे हाे ।

 दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने सप्तरी प्रहरी कार्यालयले जानकारी दिएकाे छ । 

१४ र १५ चैतमा भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएकाे थियाे । सीआईबीले गरेकाे अनुसन्धानबाट प्रहरीकै संलग्नतामा किनबेच भएको पत्ता लागेको छ ।

सीआइबीका अनुसार प्रश्नपत्र आउट गर्ने काममा संलग्न भएको आशंकामा इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत जवान ब्रह्मदेव सुनरैत र दीपेन्द्रकुमार मण्डलसहित आठ जना पक्राउ परेका छन् ।

लगातार दुई दिन प्रश्नपत्र आउट भएपछि केन्द्र सरकारले प्रदेश २ को एसइई परीक्षाको नियमित तालिका स्थगित गरी पुनः परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको छ । नयाँ तालिकाअनुसार प्रदेश २ मा यही चैत २२ गतेदेखि परीक्षा सुरु हुनेछ ।





  • प्रकाशित मिति : चैत २१, २०७५ बिहीबार ११:१४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया