एसइई परीक्षाको प्रश्नपत्र आउट गर्ने ६ जना सार्वजनिक

सप्तरी– एसइई परीक्षाको प्रश्नपत्र आउट गरेको अभियोगमा पक्राउ परेका ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरेर दुई प्रहरी अधिकारीसहित ६ जनालाई सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय, कल्याणपुरमा कार्यरत राजविराज–१०का ब्रम्हदेव सुनरैत र कञ्चनरुप–६ का दीपेन्द्रकुमार मण्डल, शिक्षक मनोज यादव, अन्यमा विष्णुदेव यादव, राजेश यादव र उमेश यादव छन् ।

एसइई परीक्षाअन्तर्गत प्रदेश २ मा १४ र १५ चैतको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको थियो । दुवै प्रश्नपत्र ब्रम्हदेव सुनरैतमार्फत चुहिएको प्रहरीले जनाएको छ । 

उनले प्रश्नपत्रको फोटो खिचेर दाइ विष्णुदेव यादवलाई पठाएको र विष्णुदेवले मनोजलाई, मनोजले उमेशलाई गर्दै अन्य व्यक्तिसम्म प्रश्नपत्र पुगेको प्रहरीको भनाइ छ ।





  • प्रकाशित मिति : चैत २१, २०७५ बिहीबार १५:५९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया