नेपाल बार निर्वाचन : अध्यक्षमा वाम, महासचिवमा लोकतान्त्रिक उम्मेदवार विजयी

काठमाडौं– नेपाल बार एसोसिएसनको अध्यक्षमा वामपन्थी समूहका उम्मेदवार चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् भने महासचिवमा लोकतान्त्रिक समूहका उम्मेदवार लीलामणि पौडेल विजयी भएका छन् । 

बिहीबार साँझ मतगणना सकिए पनि निर्वाचन समितिले औपचारिक रूपमा मतपरिणाम सार्वजनिक भने गरेको छैन । यद्यपि, वामपन्थी उम्मेद्वार श्रेष्ठले लोकतान्त्रिक उम्मेदवार सुनीलकुमार पोखरेलले केही बढी मत ल्याएको स्रोतले बतायो । 

महासचिवमा भने वामपन्थी समूहका उम्मेदवार सुरेन्द्र थापामगरलाई पराजित गर्दै लोकतान्त्रिक समूहका उम्मेदवार लीलामणि पौडेल विजयी भएका छन् । 

मतगणना सकिएर अहिले मत जोड्ने काम भइरहेको छ ।





  • प्रकाशित मिति : चैत २१, २०७५ बिहीबार १७:५७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया