नयाँ राजाको राज्याभिषेकमा जापानीलाई १० दिन छुट्टी, लामो बिदाले धेरै चिन्तित

टाेकियाे– जापानमा यो वर्षको मे १ बाट नयाँ शाही युगको सुरुवात हुँदै छ । युवराज नारुहितोले राजगद्दी सम्हाल्नेछन् । नयाँ राजशाहीलाई ‘रीवा’ भनिनेछ ।

नयाँ शाही युगको स्वागतमा सरकारले २७ अप्रिलदेखि १० मेसम्म विशेष छुट्टीको घोषणा गरेको छ । यो क्रममा सबै सरकारी, गैर–सरकारी कार्यालय पूर्णरुपमा बन्द रहन्छन् ।

कार्यालयहरु सबै बन्द हुने भएपछि जापानीहरुलाई चिन्ता परेको छ, १० दिनसम्म के गर्ने ?

जापानीहरु विश्वमै सबैभन्दा धेरै काम गर्ने मानिन्छन् ।

बिदाको समयमा के गर्ने भनेर चिन्तित भएका जापानीहरुलाई एक स्थानीय पत्रिकाले सर्वेमा सहभागी गराएको थियो । ४५ प्रतिशत जापानी लामो छुट्टी कसरी बिताउने भनेर चिन्तित भएका छन् । ३५ प्रतिशत मानिस छुट्टिको भरपुर फाइदा उठाउने सोचमा छन् ।

पत्रिका असाही शिंबुनको सर्वेमा ३१ वर्षीय फाइनान्स एक्जिक्युटिभ सिसु सातोले अचानक सरकारले दिएको छुट्टीप्रति दुखी हुँदै भन्छन् ‘इमान्दार भएर भन्दा मलाई थाहा छैन म यति धेरै दिन कसरी बिताउँछु । यात्रामा निस्किउँ भने जताततै भिडभाड हुन्छ, त्यसैले घरमै आमाबुवासँग बसेर समय बिताउँछु ।’



पिज्जा डेलिभरी गर्ने ४६ वर्षीय ताकेरु काममा धेरै व्यस्त रहने भएकाले आफूलाई बिदाको कुनै मतलब नभएको बताउँछन् ।

जापानका करिब दुई तिहाई कर्मचारी आफ्ना सहकर्मीलाई कामको चाप नहोस भनेर छुट्टी लिँदैनन् । यहाँ हरेक कर्मचारीलाई वर्षमा १० दिन बिदा पाउने प्रावधान छ । तर पनि उनीहरु छुट्टी लिँदैनन् ।



पछिल्लो वर्ष जापान सरकारले बिदा नलिइ काम गर्ने कर्मचारीलाई महिनाको अन्तिम शुक्रबार छिट्टै घर जान पाउने नियम बनाएको थियो ।

  • प्रकाशित मिति : चैत २२, २०७५ शुक्रबार ९:३०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया