शाहरुखलाई लन्डन विश्वविद्यालयको मानार्थ पिएचडी

बलिउड अभिनेता शाहरुख खानलाई लन्डन विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेको छ । 

द युनिभर्सिटी अफ बेडफोर्डसायर र द युनिभर्सिटी अफ एडिनबर्गले उनलाई यसअघि नै मानार्थ पिएचडी दिएकाे थियाे । अहिले द युनिभर्सिटी अफ ल, लन्डनले मानार्थ डक्टरेटकाे उपाधि प्रदान गरेकाे हाे । 

शाहरुखलाई ४ अप्रिल २०१९ को लन्डनको बारबिकनमा ३५० भन्दा बढी छात्राका लागि आयोजना गरिएको दिक्षान्त समारोहमा यो उपाधि दिइएको हो । 

उपाधि लिइसकेपछि शाहरुखले भनेका छन् ‘मलाई दिइएको सम्मानको ऋण मैले चुक्ता गर्नुपर्छ, म महिला शसक्तिकरण, शरणार्थी, मानवअधिकारका लागि सक्रिय रुपले काम गर्नेछु । यो डक्टरेटका लागि मैले अभिभूत महसुस गरिरहेको छु, मलाई छनोट गर्ने सबैलाई धन्यवाद ।’





  • प्रकाशित मिति : चैत २२, २०७५ शुक्रबार १३:५६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया