मेलमिलापको नीति कांग्रेसको मूल नीति : डा. शशांक

भक्तपुर– नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले बिपीले देखाएको बाटो नहिँड्दा कांग्रेस समस्यामा परेको बताएका छन् ।  शनिबार नेपाली कांग्रेस मध्यपुरथिमि नगरसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै डा. कोइरालाले मेलमिलापको नीति कांग्रेसको मूल नीति भएको बताए ।  

‘बिपीले देखाएको मेलमेलापको बाटो नै कांग्रेसको मूल बाटो हो, यो बाटोलाई कांग्रेसले बिर्सनु हुन्न, उनले भने, ‘राष्ट्रिय मेलमिलापको नीति अँगालेको कांग्रेसमै मेलमिलाप नहुनु दुःखद् हो ।’ 

मेलमिलाप र एकताको बाटोमा अगाडि बढेमा कांग्रेस फेरि पहिलो दल बन्न कसैले रोक्न नसक्ने दाबी गर्दै कोइरालाले त्यसका लागि पार्टीभित्रको गुट–उपगुट अन्त्य हुनुपर्ने बताए । 

वर्तमान सरकार संघीयताविरोधी भएको आरोप लगाउँदै कोइरालाले भने, ‘सरकार सबै अधिकार आफैँ राख्ने प्रयत्न गर्छ। सरकारको यो कदम संघीयताविरोधी छ, यसले सरकार संघीयतामा विश्वास गर्दैन भन्ने देखाएको छ।’ 





  • प्रकाशित मिति : चैत २३, २०७५ शनिबार १७:८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया