नयाँ शक्ति मःम पसलजस्तो होइन :डा. भट्टराई

बुटवल– पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी पुराना पार्टीभन्दा नयाँ  फरक रहेको दाबी गरेका छन् । शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेनमा बोल्दै उनले  नयाँ शक्ति काठमाडौंमा खोलिएका मःम पसलजस्तो नभएको बताए । 

‘हामी काठमाडौंमा खोलिएका १० वटा मःम पसलमा अर्को थपिएर ११औँ बनेजस्तो होइन । मःम पसल थपिए संस्था बढ्ने हो, तर टेस्ट पुरानै,’ उनले भने, ‘हाम्रो पार्टी त्यो होइन । नयाँ टेस्टसहित हो ।’

विचार, संगठन र पुरानाभन्दा अलि फरक देश बनाउन आफूहरु लागिरहेको बताउँदै भट्टराईले नयाँ शक्ति पार्टी बिकुल्न नयाँ भएको दाबी गरे । विश्वमा नयाँ विचारको बहस भएकाले नेपाललाई पनि नयाँ ढंगबाट लैजान नयाँ शक्तिको आवश्यकता रहेको उनको भनाइ थियो । 





  • प्रकाशित मिति : चैत २३, २०७५ शनिबार १८:१७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया