प्रशान्त महासागरमा खसेको जापानिज लडाकु विमानको अवशेष भेटियो

जापान–  मंगलबार प्रशान्त महासागरमा खसेको जापानको लडाकु विमान एफ–३५ को अवशेष भेटिएको छ । जापानको वायु सेनाका प्रवक्ताले यसको पुष्टि गरेका छन् । 

जापानको एएसडिएफ (एयर सेल्फ डिफेन्स फोर्स) का प्रवक्ताका अनुसार दुर्घटनाग्रस्त विमानका पाइलटको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी छैन । उनको खाजी कार्य भइरहेको छ ।

यो विमान एक वर्षभन्दा पनि कम पुरानो थियो । गएको वर्ष मेमा एएसडिएफले यो विमान लिएको थियो । 

एफ–३५ विमान जापानको पहिलो स्क्वाड्रन अझै पनि सक्रिय छ । यो विमान जापानको मिसावा एयर बेसमा तैनाथ छ ।

जापान सरकार छिमेकी देश चीनको बढ्दो सैन्य तागत देखेर ८७ विमान किन्ने योजना बनाइरहेको छ । यो विमानको निर्माण अमेरिकी कम्पनी लकहिड मार्टिनले गर्छ । 

एफ–३५ अतिआधुनिक विमान हो । यसको उडान एक दशक अगाडिदेखि सुरु भएको थियो । यो दोस्रो विमान दुर्घटना हो । 





  • प्रकाशित मिति : चैत २७, २०७५ बुधबार १४:५८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया