अपराध र भ्रष्टाचारमा डुबेको सरकार पाकेकाे फर्सीजस्तै हो, आफैँ झर्छ – रमेश लेखक

ओखलढुंगा– कांग्रेस नेता रमेश लेखकले अहिलेको सरकार पाकेको फर्सीजस्तै भएकाले आफैँ झर्ने टिप्पणी गरेका छन् । 

नेपाल प्रेस युनियनले शनिबार ओखलढुंगामा गरेको पत्रकार सम्मेलनमा नेता लेखकले भने, ‘अपराध र भ्रष्टाचारमा डुबेको सरकार फर्सीजस्तै हो, केही गर्नै पर्दैन, आफैँ झर्छ ।’  

देशैभरि डोजरको खेति चलिरहेको भन्दै पूर्वमन्त्री लेखकले विकासका नाममा भ्रष्टाचार भइरहेकाले यसमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि जोगिनुपर्ने बताए । 

नेता लेखकले अहिलेको सरकार चिल देखाएर कुखुरा खाने स्याल प्रवृत्तिको भएको टिप्पणी गरे । सरकार पानीजहाज र रेलको सपनामा जनतालाई भुलाएर विकास नभई भ्रष्टाचार गर्न तल्लीन रहेको उनको आरोप छ । 

नेता लेखकले कांग्रेसले चुनावमा हार व्यहोर्नुका कारणबारे समीक्षासमेत गरे । टिकट वितरण, उम्मेदवार छनेट, दुई पार्टीको एकतालगायत कारणले पार्टीले चुनाव हारेको उनको निष्कर्ष छ । 

ओखलढुंगा महोत्सवमा सहभागी हुन आएका एक घन्टा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए । त्यस क्रममा उनले प्राविधक कारणले पार्टी हारेकाले निराश नभइ काम गर्न आग्रह गरे। आगामी निर्वाचनमा कांग्रेस पहिलो पार्टी हुने उनको दाबी छ। 





  • प्रकाशित मिति : चैत ३०, २०७५ शनिबार १३:३७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया