[ब्लग] २०७६ साल ‘न्याय वर्ष’ वर्षको रुपमा स्थापित होस्ः रेखा थापा

२०७५ साल मेरालागि मिश्रित अनुभूतिहरुको सँगालो भयो । मिश्रित किनकि मेरो जीवन २०७५ सालमा सुखद भए पनि हामी बसेको समाजले न्याय पाएन । व्यक्तिगत रुपमा सफल भएर मात्र पनि नहुँदो रहेछ, व्यक्तिगत रुपमा सफलता पाएर पनि नहुँदो रहेछ, हाम्रो समाज के हुँदैछ भन्ने कुराले पनि हाम्रो सफलता र सुखको मापन गर्दो रहेछ । 

हो, गएको वर्ष म त खुसी भएँ । तर, हाम्रो समाजमा कोलाहल घटेन, समाज स्थिर र आनन्दको देखिन सकेन । कुरा के हो भने जबसम्म समाज सुखी र खुसी हुनसक्दैन, तबसम्म एउटा व्यक्ति खुसी भएर अर्थ रहँदैन । 

त्यसैले त मलाई लाग्छ, आफूले गरेका सबै काम सफल हुँदाहुँदै पनि म भित्रैदेखि खुसी हुन सकिनँ, किनकि हाम्रो समाज गएको वर्षमा त्यति धेरै खुसी हुन सकेन । त्यसैले गत वर्ष सुरुवातदेखि नै मन खिन्न भइरह्यो, त्यो खिन्नता अहिले पनि बाँकी नै छ ।

यो विडम्बना हो कि २१ औं शताब्दिमा पनि हाम्रा आमा, छोरीचेली तथा दिदीबहिनीहरु सुरक्षित छैनन् । अहिले पनि देशका कुनाकाप्चामा छोरीचेली अन्यायमा छन्, न्याय पाउन सकिएको छैन । तर, अब कुनाकाप्चाबाट आवाज उठ्न थालेको छ । निर्मलाका लागि न्याय भनेर सबैले एकस्वरमा कुरा गर्न थालेका छन्, तर निर्मला त प्रतिनिधि पात्र मात्र हुन् । न्याय त अन्यायमा परेका सबैलाई चाहिएको छ । 

गएको वर्ष यस्ता घटनाहरु निकै धेरै बाहिर आए । एकपछि अर्को घटना बाहिर आयो । कतिसम्म भने डाक्टरले आफ्नै श्रीमतीलाई कुटेर हत्यासम्म गरे । यसले के संकेत गर्छ भने नेपालमा अझै पनि महिला सुरक्षित छैनन् । 

यो नमीठो सम्झनासँगै एउटा वर्ष सकिएको छ ।



तर, अब यस्तो नहोस् । आजबाट नयाँ वर्ष सुरु भएको छ । अबको यो वर्ष न्याय वर्ष होस् । कसैले पनि न्याय खोज्नु पर्ने दिन नै नआओस् । समाजमा शान्ति कायम होस्, सबैले न्याय पाएको वर्षका रुपमा २०७६ साल स्थापित होस् ।

मेरो नयाँ वर्षको संकल्प पनि यही हो । मेरो चाहना न्याय नपाएका महिलाहरुले यो वर्ष न्याय पाउन् भन्ने हो । त्यसका लागि म आफ्नो तर्फबाट सक्दो प्रयास गर्नेछु । महिला हिंसामा परेका महिलाहरुका लागि न्याय खोज्न यो वर्ष म सफल हुन सकूँ भन्ने कामना गरेकी छु । 



समाजमा सबैलाई न्याय दिलाएर देश बनाउने अभियानमा म लागेकी छु, यही संकल्प लिएकी छु । 

  • प्रकाशित मिति : बैशाख १, २०७६ आइतबार १३:२६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया