भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लगातार तेस्रोपटक वाराणसीबाट लोकसभा सदस्य निर्वाचित भएका छन्।
हिन्दुस्तान टाइम्सका अनुसार मंगलबार साँझ सम्पन्न मतगणनाबाट वाराणसीमा भारतीय जनता पार्टीका उम्मेदवार रहेका प्रधानमन्त्री मोदी करिब डेढ लाख मतान्तरले विजयी भएका हुन् ।
कंग्रेसबाट उम्मेदवार बनेका अजय राय लगातार दोस्रोपटक मोदीसँग पराजित भए । २०१९ को निर्वाचनमा मोदी ६ लाख ७४ हजार भन्दा बढी मत ल्याएर निर्वाचित भएका थिए।
यसपाालि भने उनले मोदीसँगकाे मतान्तर घटाएकाे भारतीय सञ्चारमाध्यले जनाएका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।