logo-img

राजदूत फिर्ताको निर्णय आपत्तिजनक : कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको ११ देशका राजदूत फिर्ता बोलाउने निर्णयप्रति आपत्ति जनाउँदै यस्ता कार्य सरकारको अधिकार र नियमित कार्य नभएको टिप्पणी गरेका छन् ।

शनिबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै नेता कोइरालाले विभिन्न ११ देशका राजदूत फिर्ता बोलाउने सरकारको उक्त निर्णय संयोग मान्ने कि नियत ?भन्दै प्रश्न गरेका छन् ।
 
‘लामो घनिष्ठ सम्बन्ध, व्यापारको झण्डै दुई तिहाइ हिस्सा, आर्थिक, सामाजिक र धार्मिक सम्बन्ध भएको देशको राजदूत, त्यो देशमा नवनिर्वाचित सरकारको शपथग्रहणमा प्रधानमन्त्री जाने दिनमा फिर्ता बोलाउनुलाई संयोग मान्ने कि नियत ? दूरगामी महत्वका यस्ता कार्य सरकारको अधिकार र नियमित कार्य हैनन्’, नेता कोइरालाले सामाजिक सञ्जाल एक्स (साबिकको ट्विटर)मा लेखेका छन् । 

सरकारले गत बिहीबार भारत र अमेरिकासहित विभिन्न ११ देश राजदूत​ फिर्ता बोलाउने निर्णय गरेको थियो । 





  • प्रकाशित मिति : जेठ २६, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया