सर्वोच्च अदालतको न्यायाधीशमा पाँच जना नियुक्त

काठमाडौं– न्याय परिषदले सिफारिस गरेका पाँचजना सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेकी हुन् । 

बिहीबार संसदीय सुनुवाइ समितिले पाँचैजनाको नाम अनुमोदन गरेको थियो । संविधानको धारा १२९ को उपधारा (२) बमोजिम उनीहरू शुक्रबार सर्वोच्चको न्यायाधीशमा नियुक्त भएका हुन् ।

न्यायाधीश नियुक्त हुनेमा प्रकाशकुमार ढुंगाना, सुष्मलता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डा. मनोजकुमार शर्मा छन् । ढुंगाना र माथेमा यसअघि उच्च अदालतका मुख्य न्यायाधीश हुन् । रेग्मी, फुँयाल र शर्मा कानुन व्यवसायीमध्येबाट न्यायाधीश सिफारिसमा परेका थिए ।





  • प्रकाशित मिति : बैशाख ६, २०७६ शुक्रबार १८:४७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया