फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तिमा आठको मृत्यु

एजेन्सी– फिलिपिन्समा शक्तिशाली भूकम्प जाँदा कम्तिमा पनि आठ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको त्यहाँका अधिकारीले बताएका छन् । ६.१ रेक्टर स्केलको भूकम्प स्थानीय समयअनुसार सोमबार साँझ सवा पाँच बजे गएको थियो । 

भूकम्पका कारण लुजोनमा सबैभन्दा बढी क्षति भएको छ । त्यहाँको एक विमानस्थल भत्किएको र भवनहरु ध्वस्त भएको त्यहाँका अधिकारीले जनाएका छन् । 

अहिले उद्धार कार्य चलिरहेको छ । त्यहाँका अधिकारीहरुले भत्किएका भवनहरुमा दर्जनौँ मानिस परेको हुनसक्ने अनुमान गरेका छन् । 

‘भग्नावशेषहरुबाट रोइरहेको आवाज आइरहेको छ,’ त्यहाँका अधिकारीहरुलाई बिबिसीले उद्धृत गरेको छ, ‘उनीहरुलाई उद्धार गर्न सहज हुने देखिएको छैन ।’ 

यो भूकम्पको धक्का मनिलामा पनि महसुस गरिएको थियो । 





  • प्रकाशित मिति : बैशाख १०, २०७६ मंगलबार ८:९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया