फिलिपिन्समा अर्को शक्तिशाली भूकम्प

मनिला – मध्य फिलिपिन्सको समार प्रान्तमा आज मध्याह्न फेरि भूकम्प गएको छ । फिलिपिन्स भौगर्भिक केन्द्रले केहीबेरअघि ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको  जनाएको छ ।

भूकम्पको केन्द्र पूर्वी समार प्रान्तको सान जुलियानबाट १९ किलोमिटर उत्तरतर्फ जमिनको सतहबाट १७ किलोमिटर मुनि रहेको केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का राजधानी मनिलासहित मध्य फिलिपिन्सका धेरै प्रान्तमा फैलिएको थियो । पछिल्लो भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन ।

यसैबीच, सोमबारको भूकम्पबाट ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । २४ जना हराइरहेको फिलिपिनी अधिकारीहरुले बताएका छन् । भूकम्पले निकै ठूलो जनधनको क्षति गरेको बताइएको छ । भूकम्पबाट भएको मानवीय क्षति अझ बढ्न सक्ने अनुमान छ । 

राजधानी मनिलाको उत्तरी प्रान्त पाम्पान्गाको पोराक सहरका भवनलगायत संरचना भत्किएका छन् । सुरक्षाकर्मी एवं स्थानीयले रातभर उद्धारकार्य जारी राखेका छन् । भूकम्पको पराकम्प ४ सय पटकभन्दा बढी अनुभव गरिएको छ ।

अमेरिकी जियोलोजिकल सर्भेको प्रारम्भिक अनुमानले भूकम्पबाट ४ करोड ९० लाख मानिस प्रभावित छन् । 



राजधानी मनिलामा समेत धक्का महसुस हुनेगरी उत्तरी फिलिपिन्सको जाम्बालेसलाई केन्द्र बनाएर सोमबार ५.७ म्याग्निच्युडको भूकम्प गएको थियो । 

सहरबाट टाढाका क्षेत्रबाट क्षतिका विवरणहरू प्राप्त हुने क्रम जारी रहेको भन्दै प्रान्तीय गभर्नर लिलिया पिनेडाले भूकम्पका कारण मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन् ।



साँझपख आएको भूकम्पका कारण सहरी क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुँदा कतिपय स्थानमा उद्धार कार्यसमेत प्रभावित भएका छन् ।

  • प्रकाशित मिति : बैशाख १०, २०७६ मंगलबार १४:११:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया