प्रदेश संसदमा उठ्याे प्रदेश १ र २ सीमा विवाद

विराटनगर– उदयपुरको त्रियुगा र कटारी नगरपालिकाको केही वडाभित्र पर्ने चुरे क्षेत्रको भूमि कसको भन्नेमा प्रदेश १ र प्रदेश २ बीच विवाद देखिएको छ । 

सो भूमि आफ्नो प्रदेशमा पर्ने तर प्रदेश २ ले आफ्नो दाबी गरेको भन्दै प्रदेश १ का सांसदहरुले सो सीमा विवाद सुल्झाउन माग गरेका छन् ।

सरकारको ध्यानाकर्षण गराउँदै प्रदेश १ का सांसद नारायण मगरले कटारी र त्रियुगा नगरपालिका क्षेत्रका बासिन्दाको नागरिकता पनि प्रदेश १ मा कायम रहेको तर यसमा प्रदेश २ ले आफ्नो दाबी गरेको जिकिर गरे । 

चुरे क्षेत्रको लालपुर्जाले पनि सो भूमि प्रदेश १ को रहेको देखाएको उनको भनाइ छ ।





  • प्रकाशित मिति : बैशाख १०, २०७६ मंगलबार १७:२२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया