शाहरुखले गरे मतदानकाे अपिल, मोदीले लेखे, 'सानदार प्रयास'

मुम्बई– बलिउड अभिनेता शाहरुख खानले सोमबार मतदान गर्न आग्रह गर्दै एक मिनेटको र्याप भिडियो बनाएर ट्विटरमा सेयर गरे ।

भिडियो पोस्ट गर्दै उनले लेखेका थिए, ‘प्रधानमन्त्रीज्यूले रचनात्मकताका लागि भन्नुभएको थियो । म थोरै ढिला भएँ, भिडियो बनाउन । तपाईंचाहिँ भोट हाल्न ढिला नहुनु नि ।’

शाहरुखको ट्विटमाथि प्रधानमन्त्री नरेन्द्र मोदीले रिप्लाई गरे । 

शाहरुखको ट्विट कोट गर्दै मोदीले लेखे, ‘शानदार प्रयास शाहरुख । मलाई यकिन छ कि भारतका जनता, विशेष रुपले पहिलोपटक मतदान गर्न लागेकाहरु तपाईंको अपिलमाथि ध्यान दिनेछन् र ठूलो संख्यामा मतदान गर्न आउनेछन् ।’ 



भारतमा जारी लोकसभा चुनावअन्तर्गत तेस्रो चरणको मतदान आज सम्पन्न भएको छ । 



  • प्रकाशित मिति : बैशाख १०, २०७६ मंगलबार १८:४४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया