४८औँ संस्करणको कोपा अमेरिका फुटबलको उपाधि पनि अर्जेन्टिनाले जितेको छ । सोमबार बिहान सम्पन्न फाइनल खेलमा कोलम्बियाविरुद्ध १–० को कठिन जित निकाल्दै अर्जेन्टिनाले १६औँपटक कोपा उपाधि जितेको हो ।
योसँगै उसले सर्वाधिक कोपा उपाधि जित्ने रेकर्ड बनाएको छ । यसअघि अर्जेन्टिना र उरुग्वेको नाममा १५/१५ उपाधि थियो । अब अर्जेन्टिना उरुग्वेलाई पछि पार्दै सर्वाधिक कोपा उपाधि जित्ने मामलामा ‘नम्बर वान’मा उक्लिएको छ ।
यस्तै, कप्तान लिओनल मेस्सीले अर्जेन्टिनालाई ट्रेबल उपाधि जिताए । उनको कप्तानीमा अर्जेन्टिनाले सन् २०२१ मा कोपा र सन् २०२२ मा फिफा विश्वकपको उपाधि जितेको थियो । यसपटक अर्जेन्टिनालाई लगातार दोस्रो तथा समग्रमा १६औँपटक कोपा च्याम्पियन बनाउनेक्रममा लाउटारो मार्टिनेजले निर्णायक गोल गरे ।
जितपछि अर्जेन्टिनी टिमको खुसियाली :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।