logo-img

सरकारसँग ज्ञानेन्द्र शाहीको माग : भ्रष्टाचारमा मुछिएका कसैलाई नछाडियोस्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भ्रष्टाचार गरेका सत्तापक्ष र  प्रतिपक्ष दुवैलाई कारबाही गर्न सरकारलाई आग्रह गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भ्रष्टाचार गरेका कसैलाई नछोड्न आग्रह गरेका हुन् ।

‘विगत दुई तीन दिनदेखि संसदमा हेरिरहेको छु । बडा गज्जबको जात्रा चलिरहेको छ । फाइलका फाइल, घोटालाका घोटाला । यस्तो कुरासम्म हुन आएको छ की संसद् होइन कुनै ब्ल्याकमेलिङ गर्ने थलो हो । ऊ परपट्टि बसिसकेपछि यतापट्टिकोले दोष लगाउने, परपट्टिका वारी आएपछि यहाँकाले पारिकालाई दोष लगाउने, म अहिले पनि भन्न चाहन्छु तपाईं अहिलेको सरकारमा हुनुहुन्छ, तपाईंहरूको दिन नआओस् भुटानी शरणार्थी भनेर कराउने । फेरि दिन नआओस् तपाईंहरूको यहाँ गिरीबन्धु खै भनेर कराउनुपर्ने,’ सांसद शाहीले भने । 

साथै उनले एनसेल प्रकरण र मेलम्चीलगायतका भ्रष्टाचारका काण्ड सँगसँगै कराउने दिन आउन सक्ने  बताए । उनले अहिलेको सरकारलाई धमाधम काम गर्न र भ्रष्टाचारका काण्ड खोलेर पक्राउ गर्न पनि आग्रह गरे ।   

‘यो संसदमा यस्तो जुवारी चल्यो कि तिम्रा फाइल बन्द गर्छौँ । हाम्रा फाइल किन खोल्छौँ ? पहिला तिम्रा गर त्यसपछि  हाम्रा गर । तपाईंहरू हिजो मिलेको होइन । जनताले रगत पसिना तिरेर बनाएको संसदलाई सामान्य नठानियोस् । त्यसैले चाहे सत्तापक्ष होस् चाहे प्रतिपक्ष होस् कारबाही गर्नुस्,’ शाहीले भने । 





  • प्रकाशित मिति : साउन ८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया