तास खेलिरहेको अवस्थामा टिभी सिरियल सक्किगोनीका कलाकार पुरुषोत्तम आचार्यसहित ११ जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–८, गौरीघाटबाट जुवाखेली रहेको अवस्थामा उनीहरूलाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा आचार्यसँगै एमालेका नेता तथा कोशी प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी, एमालेका सोलुखुम्बु जिल्ला कमिटी सदस्य तथा सोताङ गाउँपालिकाका पूवअध्यक्ष बीरबहादुर राई, उत्तमकुमार राई, अनिश तामाङ, ठूला तामाङ, भीमबहादुर साम्बाहाङ्फे, रवि श्रेष्ठ, राजु महत, माधव थापा र दीपक खड्का रहेको बताइएको छ ।
आचार्यले सिरियलमा प्रहरी इन्सपेक्टरको भूमिका निर्वाह गर्दै आएका छन् । प्रहरीले उनीहरूको साथबाट नगद एक लाख ७० हजार रुपैयाँसमेत बरामद गरेको छ । उनीहरूलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।