काठमाडौं– ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका लागि दुबईबाट २२ लाख सहयोग संकलन भएको छ । यही २६ अप्रिलमा दुबईमा आयोजित ‘धुर्मुस सुन्तली साँझ–२०७६’ बाट उक्त रकम संकलन भएको हो ।
‘धुर्मुस सुन्तली साँझ–२०७६’ चितवन समाज दुबईको संयोजन तथा विभिन्न संघसंस्थाहरुको आयोजनामा सम्पन्न भएको थियो । सो कार्यक्रमबाट २० लाख र गायक प्रकाश पौडेलले राखेको भेटघाट डिनर कार्यक्रमबाट २ लाख सहयोग संकलन भएको छ ।
फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले दुबईबाट राम्रो सहयोग संकलन भएको जानकारी दिएका छन् । उनले दुबईबाट कुल २२ लाख रुपैयाँ सहयोग प्राप्त भएकोमा निकै हर्षित भएको बताए ।
कार्यक्रममा गायक पुष्पन प्रधान, गायिका मेलिना राईलगायत कलाकारले गायन प्रस्तुति दिएका थिए भने धुर्मुस र सुन्तलीले हास्यप्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन दिलाएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।