नेपालमा सामाजिक सञ्जाल टिकटक पुनः सञ्चालनमा आउने भएको छ । त्यसको लागि सरकारले तयारी थालिरहेको हो ।
सामाजिक सद्भाव र वातावरणमा खलल पुर्याएको भन्दै २७ कात्तिक ०८० को मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णयसँगै बन्द रहेको टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी सरकारले गरेको हो ।
टिकटक नेपालसहित विश्वभरका युवापुस्तामा एकदमै लोकप्रिय छ । प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक प्रतिबन्ध खोल्नेबारे आवश्यक गृहकार्य गर्न अधिकारीहरुलाई निर्देशन दिइसकेको बताइएको छ ।
यो पनि पढ्नुहोस् :
टिकटक प्रतिबन्ध : अभिव्यक्ति स्वतन्त्रताकाे हनन कि विकृतिमाथि नियन्त्रण ?
टिकटक बन्द गर्ने सरकारसँग कसरी विश्वस्त होलान् विदेशी लगानीकर्ता ?
लगानी सम्मेलन : टिकटक प्रतिबन्ध आफ्नो खुट्टामा बन्चरो हानेजस्तै (भिडियाेसहित)
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।