logo-img

मिस एण्ड मिसेस यूनिर्भसलको अडिसनमा ३५ प्रतियोगी

विवाहित र अविवाहित महिलाहरूबीचको सौन्दर्य प्रतियोगिता मिस एण्ड मिसेस यूनिर्भसल २०२४ को अडिसन सकिएको छ । गएको शनिबार काठमाडौंको अनामनगरस्थित युनियन हाउसको हलमा सहभागी ३५ प्रतिस्पर्धीहरुको अडिसन गरिएको थियो । मिस एण्ड मिसेस यूनिर्भसलको तेस्रो संस्करण हो ।

प्रतियोगितामा नेपालका सात वटै प्रदेश गरी डिजिटल अडिसनबाट ७५ प्रतियोगिबाट छानिएर ३५ प्रतियोगिहरुको अडिसन सम्पन्न भएको कार्यक्रमकी संयोजक अमृता राईले जानकारी दिइन् ।

तेस्रो संस्करणको लागि अफिसियल कोरियोग्राफर दिक्पाल कार्की र असिस्टेन्ट कोरियोग्राफर परिका भण्डारी रहेका छन् । यस्तै आयोजक कम्पनी स्पार्कल इन्टरटेन्मेन्टकी अध्यक्ष नितु श्रेष्ठले मिस एण्ड मिसेस यूनिर्भसलले विवाहित र अविवाहित महिलाहरुको बौद्धिक क्षमतामा बृद्धि गर्ने बताउँछिन् ।

श्रेष्ठले महिलाहरू पुरुष सरह समाजमा काम गर्न सक्ने र कुनैपनि ठाउँको नेतृत्व सम्हाल्न सक्छन् भन्दै बिशेषगरी बिवाहित महिलाहरुलाई घर भित्रसँगै बाहिरको काममा पनि उत्तिकै क्षमतावान बनाउने उद्देश्य कार्यक्रमको रहेको जानकारी दिइन् ।



अडिसनमा हास्य कलाकार पल्पसा डंगोल (चम्सुरी), कोरियोग्राफर दिक्पाल कार्की, अभिनेता मनिस राउत, प्रयाङस्टार एलिस राई, हास्य कलाकार साथै जादुगर राजेन्द्र गिरी निर्णायक मण्डलको भूमिकामा रहेका थिए । 





  • प्रकाशित मिति : भदौ ४, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया