चिनियाँ राष्ट्रपति सीले सम्झिए मदन भण्डारी

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणलाई चीनले निकै प्राथमिकतामा राखेको छ । सोमबार बेइजिङको ग्रेट हल अफ दि पिपुलमा भण्डारीलाई सलामीसमेत अर्पण गरियो । 

त्यो कार्यक्रम चिनियाँ राष्ट्रपति सी जिनपिङले राष्ट्रपति भण्डारीको स्वागतका लागि आयोजना गरेका थिए । त्यहाँ राष्ट्रपति सीसहित चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ अधिकारीहरु उपस्थित थिए । त्यही कार्यक्रममा नेपाल र चीनबीच सात विभिन्न सम्झौतामा हस्ताक्षर पनि भयो । 

कार्यक्रममा सम्बोधन गर्ने क्रममा चिनियाँ राष्ट्रपति सीले भण्डारीका पति स्वर्गीय मदन भण्डारीको प्रसङ्ग सुरुवातमा नै निकाले । ‘स्वर्गीय मदन भण्डारी चीनको नजिकको मित्र हुनुहुन्थ्यो,’ उनले भने, ‘उहाँको सम्झना गर्दै हामीले दुई देशको मित्रतालाई थप प्रगाढ बनाउँदै लैजानुपर्छ ।’

गणतान्त्रिक नेपालकी राष्ट्रप्रमुख विद्यादेवी भण्डारीको चीनका लागि यो पहिलो राजकीय भ्रमण हो । यो भ्रमणलाई चीनले विशेष चासो दिनुलाई महत्वका साथ हेरिएको छ । झन्, राष्ट्रपति सीले मदन भण्डारीको पनि प्रसङ्ग उठान गर्नुलाई उनी आफू नेपालसँग नजिक रहेको देखाउन चाहेको विश्लेषण छ । यसअघि चिनियाँ नेताहरुले मदन भण्डारी भन्दा पनि अन्य कम्युनिस्ट नेताहरुका सन्दर्भ निकाल्ने गरेका थिए ।






  • प्रकाशित मिति : बैशाख १७, २०७६ मंगलबार १:१४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया