रक्षामन्त्री मानवीर राईले पार्टीका सिद्धान्तहरू पालना नगर्दा असन्तुष्टिका जन आवाजहरू आउन थालेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नयाँ, पुरानो सबै पार्टीको उद्देश्य र सिद्धान्तहरू राम्रो भएको भन्दै त्यसको पालनामा अभावको कारण समस्या आएको बताए ।
उनले भने, ‘नयाँ, पुरानो सबै पार्टीको सपथ, उद्देश्य र सिद्धान्तहरू राम्रो छन् । तर त्यसलाई पालना नगर्दा कता कता अलमलिएर असन्तुष्टिका जन आवाजहरू आउन थालेका छन् । यसमा ध्यान दिनुपर्छ । म जस्तो भुइमान्छेले मन्त्रालय सम्हाल्दा थप जिम्मेवारीको बोध पनि छ ।’
यस्तै उनले धेरै ठूलो इज्जत हासिल गर्न नसके पनि पुरानो कुरालाई नबिगार्ने, नभत्काउने र नघटाउने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने, ‘गोर्खे खुकुरीवालाहरूको धेरै ठूलो इज्जत छ । त्यही हासिल गर्न नसकौला तर धेरै परिवर्तन नगरे पनि, थप विकास नगरे पनि पुरानो कुरालाई नबिगार्ने, नभत्काउने, पुरानो ठाउँबाट तल नघटाउने प्रतिबद्धता जनाउन चाहन्छु ।’
उनले सरकारले नियम र विधि अनुसार नियमन गर्ने हिसाबले गम्भीर छलफलका साथ अहिलेको मन्त्रिपरिषद्ले टिकटकलाई खोलेको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।