logo-img

समानुपातिक निर्वाचन प्रणाली खारेज गर्ने गरी संविधान संशोधन गर्नु हुँदैन : हितबहादुर तामाङ
फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद हितबहादुर तामाङले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्ने गरी संविधान संशोधन गर्न नहुने बताएका छन् । 

वर्तमान संविधानको मूल उद्देश्य जीवित राख्दै संविधान संशोधन गरिए मात्रै संविधान संशोधनमा सहयोग गर्ने उनले उल्लेख गरे । 

प्रतिनिधि सभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसद तामाङले अहिलेको संविधानमा विद्यमान रहेका जनताका अधिकारलाई कुण्ठित गरेर २०४७ सालको संविधानतिर उन्मुख हुने कार्य कदापि मान्य नहुने बताए । 

‘यदि संविधान संशोधन नै गर्ने हो भने समानुपातिक निर्वाचन प्रणाली नै खारेज गर्ने गरी होइन, २०७२ सालको संविधानमा विद्यमान रहेका सबै भाव जीवित राख्नुपर्छ,’ उनले भने । 

सांसद तामाङले संविधानमा उल्लेख गरिएको सङ्घीय गणतन्त्र, धर्म निरपेक्षता र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने सबै संवैधानिक व्यवस्थाको प्रतिकूल नहुने गरी संविधान संशोधन गरिनुपर्नेमा जोड दिए । 

उनले कार्यकारी अधिकारसहितको प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था गर्ने गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्ने गरी संविधान संशोधन गरेमा मात्रै आफ्नो पार्टीले समर्थन जनाउने पनि बताए ।  





  • प्रकाशित मिति : भदौ २४, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया