logo-img

नेसन्स लिगमा इटालीको लगातार दोस्रो जित

युइएएफए नेसन्स लिग फुटबलमा इटालीले लगातार दोस्रो जित दर्ता गरेको छ । लगातार दोस्रो जित निकाल्नेक्रममा इटालीले गएराति भएको खेलमा इजरायललाई २–१ गोल अन्तरले हरायो । 

इटालीको जितमा डेभिड फ्राटेसी र मोइस केनले एक/एक गोल गरे । इजरायलको तर्फबाट मोहमद अबु फानीले एक गोल फर्काए ।

पाहुना टोली इटालीले ३८औँ मिनेटमा फेडरिको डिमार्कोको पासमा डेभिड फ्राटेसीले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए । 

६२औँ मिनेटमा मोइस केनले गोल गरेपछि अग्रता दोब्बर भएको थियो । ९०औँ मिनेटमा इजरायलका लागि राज सोल्मोको पासमा मोहम्मद अबु फानीले एक गोल फर्काए पनि अन्ततः इटाली २–१ को नतिजा निकालन सफल भयो ।

पहिलो खेलमा फ्रान्सलाई पराजित गरेको इटालीको समूह ‘बी’ मा लगातार दोस्रो जितका साथ ६ अंक भएको छ । इटाली अहिले तालिकाको शीर्ष स्थानमा छ ।   





  • प्रकाशित मिति : भदौ २५, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया