logo-img

उपसभामुखको अपमान भयो : माओवादी सांसद

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले प्रतिनिधिसभाका उपसभामुखमाथि राजीनामाको विषय उठाएर उनलाई अपमान गर्न खोजिएको बताएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले सामाजिक सेवामा काम गरेको सभामुखलाई शक्तिशाली सरकारले हटाउने विषय लोकतन्त्रसम्मत नहुने बताए । 'एक सामाजिक अभियन्ता तथा जनजाति महिला उपसभामुखमाथि राजीनामाका लागि गरिएको व्यवहार लोकतान्त्रिक संस्कार पनि होइन । शक्ति पृथकीकरणको सिद्धान्तअनुरुप पनि छैन।' उनले भने । 

'उपसभामुखको राजीनामाको विषय मिडियामा आएको थियो, तर संसद्मा प्रवेश गरिसकेपछि हावा मात्रै हैन अभियान नै चलेको रहेछ,' सांसद पौडेलले भने, 'सामाजिक सेवामा काम गरेको व्यक्तिलाई हटाउने कुरा दुःखदायी भएको र यसले लोकतन्त्रलाई सुदृढ गर्दैन ।'

सांसद पौडेलले ठूला अनियमितता र भ्रष्टाचारमा मुछिएकालाई कानुनी दायरामा ल्याउन माग गरे । विपद्जन्य घटनाबाट पीडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न  सरकार गम्भीरतापूर्वक लाग्नुपर्नेमा उनले जोड दिए । 





  • प्रकाशित मिति : भदौ २५, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया