logo-img

कोशी पूर्वमुख्यमन्त्री कार्कीले निषेधित क्षेत्रमै सुरु गरे सत्याग्रह

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सत्याग्रह सुरु गरेका छन्। उनले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार गर्नुपर्ने, शैलाजा आचार्य हृदयरोग उपचार केन्द्र सञ्चालनमा ल्याउनुपर्नेलगायत विभिन्न माग राखी सत्याग्रह सुरु गरेका हुन् ।

आफ्नो पालामा ल्याइएका जनपक्षीय कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै पूर्वमुख्यमन्त्री कार्कीले मंगलबारदेखि प्रदेशसभा भवनअगाडि सत्याग्रह सुरु गरेका हुन्।

कार्कीले सत्याग्रह सुरु गर्नुभन्दा एक घण्टापहिले जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र घाेषणा गरेकाे थियाे । उनले सत्याग्रह सुरु गरेकाे स्थान पनि निषेधित क्षेत्रमा पर्छ ।

जिल्ला प्रशासन कार्यालयले मंगलबार दिउँसो ३ बजेदेखि विराटनगरको प्रदेशसभा भवननजिकको देवकोटा चोकदेखि अस्पताल चोकसम्मको भागलाई निषेधित क्षेत्र तोकेको हाे । 

जिल्ला प्रशासन कार्यालयले डाँफे चोक पूर्वको भाग, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि जतुवा चोकसम्मको क्षेत्र, मुख्यमन्त्री निवासआसपास ३ सय मिटर क्षेत्र र प्रदेश प्रमुखको कार्यालय तथा निवासवरिपरि ३ सय मिटर क्षेत्रलाई पनि निषेधित क्षेत्र तोकेको छ।

निषेधित क्षेत्रमा सभा, जुलुस, धर्ना, र्यालीलगायतका निषेधित गतिविधि गर्न अर्को सूचना जारी नभएसम्मका लागि रोक लगाएको छ। प्रशासनले रोक लगाए पनि पूर्व मुख्यमन्त्री कार्कीले निषेधित क्षेत्रमै सत्याग्रह सुरु गरेका हुन्। निषेधित क्षेत्रमा अनशन बसेको भन्दै प्रहरीले कार्कीको अनशन स्थलमा हस्तक्षेप गरेको छ ।





  • प्रकाशित मिति : भदौ २५, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया