युइएफए नेसन्स लिग फुटबलमा इंग्ल्याण्डले फिनल्याण्डविरुद्ध २–० गोल अन्तरको जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा इंग्ल्याण्डका कप्तान ह्यारी केनको १००औँ क्यापमा उनैले गरेको २ गोलको मद्दतले इंग्ल्याण्ड विजयी भएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल केनले दोस्रो हाफमा गरे । ५७औँ मिनेटमा एलेकजेन्डर आर्नोल्डको पासमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाए ।
केनले ७६औँ मिनेटमा माडुकेको पासमा गोल गरेपछि अग्रता दोब्बर भयो । त्यसपछि दुवै टिमले गोल नगर्दा अन्ततः इंग्ल्याण्ड २–० गोल अन्तरले विजयी भयो । केनले इंग्ल्याण्डको राष्ट्रिय टिममा सन् २०१५ मा लिथुआनियाविरुद्ध डेब्यु गरेका थिए ।
जारी प्रतियोगितामा समूह ‘बी’ मा रहेको ग्रीकले आयरल्याण्डलाई २–० गोल अन्तरले हरायो ।
ग्रीकका लागि फोटिस इओन्डिसले गोल गर्दै ५०औँ मिनेटमा गोलको खडेरी तोडेका थिए । ८७औँ मिनेटमा क्रिष्टोस टोजिल्सले गोल गर्दै ग्रीकलाई २–० को जित दिलाए ।
जारी प्रतियोगितामा ग्रीक र इंग्ल्याण्ड लगातार दुई खेल जित्दै तालिकाको शीर्ष २ स्थानमा छन् । आयरल्याण्ड र फिनल्याण्ड भने अंकविहीन छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।