भारतीय कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव सीताराम यचुरीको बिहीबार निधन भएको छ । यचुरीको नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचारका क्रममा निधन भएको हाे ।
श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित यचुरीकाे एम्सको आइसियूमा उपचार भइरहेकाे थियाे । १९५२ अगस्ट १२ मा भारतको चेन्नईमा जन्मिएका यचुरीकाे ७२ वर्षको उमेरमा निधन भएकाे हाे ।
सन् २०१५ देखि कम्युनिस्ट पार्टीका महासचिव रहेका यचुरी भारतीय राजनीतिका प्रभावशाली नेता हुन् । उनले पटक-पटक नेपालकाे भ्रमण गरेका थिए ।
विद्यार्थीकालदेखि नै राजनीतिमा प्रवेश गरेका यचुरी जवाहरलाल नेहरु विश्वविद्यालयमा भारतीय विद्यार्थी महासंघ (एसएफआई)का प्रभावशाली नेता थिए ।
उनी इन्दिरा गान्धी शासनकालमा १९७५ देखि १९७७ सम्म लगाइएको संकटकालको समयमा नागरिक अधिकार र वामपन्थी विचारधारको पक्षमा क्रियाशील थिए ।
यचुरी २००५ अगस्ट १९ देखि २०१७ अगस्ट १८ सम्म भारतको माथिल्लो सदन राज्यसभाका सदस्य थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।