logo-img

अपांगतासम्बन्धी ऐन ल्याउने तयारीमा गण्डकी सरकार

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले अपांगतासम्बन्धी ऐन ल्याउने तयारी गरेको बताएका छन् । राष्ट्रिय अपांग कोषद्वारा आज पोखरामा आयोजित ह्विलचेयर वितरण कार्यक्रममा उनले अपांगतासम्बन्धी ऐनको तयारी भइरहेको बताउँदै प्रदेश सरकारले निर्माण गर्ने संरचना अपांगमैत्री हुनुपर्ने नीति लिइएको बताए ।

यसका लागि प्रदेश सरकार मातहतका सबै निकायलाई निर्देशन दिइएको बताउँदै उनले भने, ‘यसअघि बनेका पुराना संरचना धेरैजसो अपांगमैत्री छैनन्, अब बन्ने संरचना अपांगमैत्री बनाउने नीति छ ।’

अपांगता भएका व्यक्तिहरूको संरक्षण, सशक्तीकरण, क्षमता विकास, सहायता सामग्री वितरणलगायत काम सामाजिक विकास तथा युवा खेलकुद मन्त्रालयमार्फत प्रदेश सरकारले गरिरहेको उनले बताए ।

अपांगताको क्षेत्र गण्डकी सरकारको प्राथमिकतामा रहेको र यस विषयमा सरकार संवेदनशील रहेको उल्लेख गर्दै उनले लक्षित वर्गलाई समेट्ने गरी नीति, कार्यक्रममा  विशेष ध्यान दिइएको बताए ।

जिल्लास्थित सामाजिक विकास कार्यालयमार्फत अपांगता क्षेत्रमा सहयोग पुग्ने गरी हक अधिकारका लागि बहस, पैरवी, समुदायमा आधारित पुनःस्थापना, बीउ पुँजी वितरणलगायतका कार्यक्रममा सहभागी हुन उनले आग्रह गरे ।

राष्ट्रिय अपांग कोषका सभापति डेकराज भट्टराईले दैनिक आवश्यकपर्ने सहायक सामग्री कृत्रिम हातखुट्टा, क्यालिपर, वैशाखी, वाकर, एल्वो, सेतो छडी ह्विलचेयरजस्ता विकासात्मक सहायक सामग्री उत्पादन गरी वितरण गर्दै आएको जानकारी गराए ।



कोषले विषेशज्ञबाट नापजाँच एवं तालिमसहित ओम हङ्ग गिल ह्युमन फाउण्डेशनसँगको समन्वयमा उपलब्ध गराइएको ह्विलचेयर ३२ जनालाई वितरण गरेको छ ।



  • प्रकाशित मिति : भदौ २७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया