logo-img

यी हुन् १० वटा बैठकमा अनुपस्थित हुने सांसदहरू [नामसहित]

लगातार १० वटा बैठकमा अनुपस्थित हुने सांसदहरूको नामावली सार्वजनिक भएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले लगातार १० वटाभन्दा बढी बैठकमा सहभागी नभएका सांसदहरूको नामावली र कारणबारे जानकारी गराएका हुन् । 

जानकारी गराउँदै सभामुख घिमिरेले भने, ‘प्रतिनिधिसभाको नियमावली २०७९ को नियम २१३ को उपनियम १ बमोजिम  विविध कारणले लगातार  १० वा सो  भन्दा बढी बैठकमा अनुपस्थित निम्न लिखित मान्य सदस्यहरूको नाम प्रकाशन गर्दै छु । क्रमसंख्या सदस्य गीता बस्नेत, मनोरमा शेरचन, अम्बिका बस्नेत, राजु थापा, नारायण खड्का, प्रकाशमान सिंह, सुनिलकुमार शर्मा, कान्तिका सेजुवाल, बसन्तकुमार नेम्वाङ, प्रेमबहादुर महर्जन, गोकर्णराज विष्ट, दीपक बोहरा कालुराम राई र नारायणप्रकाश साउद रहेका छन् ।’

यसरी लगातार अनुपस्थित हुने सांसदहरूले स्वास्थ्य उपचार, विदेश भ्रमण लगायतका कारण पेस गरेका छन् ।  उनीहरूको अनुपस्थिति सभाले स्वीकृत गरेको सभामुख घिमिरेले घोषणा गरेका छन् । 





  • प्रकाशित मिति : भदौ ३१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया