एन्फा महिला लिग फुटबल प्रतियोगितामा संकटा क्लबलाई विभागीय टोली नेपाल एपिएफले हराएको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मैदानमा आज भएको खेलमा एपिएफले संकटाविरुद्ध ३–० को जित निकालेको हो । यो जितसँगै छ खेलमा १६ अंक जोडेको एपिएफ शीर्षस्थानमा छ । प्रतियोगितामा संकटा समान छ खेलबाट पाँच अंकका साथ सातौँ स्थानमा छ ।
एपिएफको जितमा सरु लिम्बू, अनिता केसी र सविता रानामगरले समान एक–एक गोल गरे । खेलको १३औँ मिनेटमा सरुको गोलमार्फत एपिएफले अग्रता लिएको थियो । खेलको ५०औँ मिनेटमा अनिताले अर्को गोल गरेर टिमको हौसला बढाइन् ।
खेलको ६४औँ मिनेटमा सविताले गोल गर्दै एपिएफलाई सहज जित दिलाइन् । एन्फाको आयोजनामा जारी लिगमा १० टोलीत्रबीच स्पर्धा हुँदै छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।