logo-img

फुटबल स्टार सिलाचीको क्यान्सरका कारण निधन

इटालीका पूर्वफुटबल स्ट्राइकर साल्भाटोर ‘टोटो’ सिलाचीको निधन भएको इटालीका मिडियाले जनाएका छन् । कोलोन क्यान्सरबाट पीडित सिलाचीको बुधबार पार्लेमो अस्पतालमा निधन भएको हो ।

सन् १९९० को विश्वकपमा उनी प्रतियोगिताकै सर्वाधिक गोलकर्ता बनेका थिए । इटालीमै भएको त्यस विश्वकपमा उनले ६ गोल गरे र इटालीले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । 

सिलाचीले इटालीका लागि १६ पल्ट खेलेर आफ्नो देशका लागि थप एक गोल गरेका थिए । 

इटालीको फुटबल संघले यस सप्ताहन्त हुने सबै खेलमा सिलाचीको सम्मानमा एक मिनेट मौन धारण गरिने जनाएको छ । 

५९ वर्षीय सिलाची युभेन्ट्सलगायत क्लबमा आबद्ध थिए । उनको निधनमा ती क्लबहरुले शोक वक्तव्य जारी गरेका छन् ।





  • प्रकाशित मिति : असोज २, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया