काठमाडौं – सरकारले आज आफ्नाे नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएकाे छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ४ बजे आगामी वर्षकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् ।
संसद् सचिवालायले शुक्रबार बिहान अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा नीति तथा कार्यक्रम प्रस्तुतिबारे ‘रिहर्सल’ गर्ने जनाएको छ। आज प्रस्तुत गरिने नीति तथा कार्यक्रमका आधारमा आर्थिक वर्ष २०७६–०७७ काे बजेट तय हुनेछ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।