logo-img

शिक्षा विधेयकलाई व्यवस्थित गर्न निरन्तर छलफल गरिने

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले शिक्षा विधेयकलाई व्यवस्थित गर्न निरन्तर छलफल आवश्यक रहेको बताएका छन् । 

शुक्रबार विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँगको छलफलमा उनले समितिभित्रै छलफल गरेर सकिएन भने सबै दलका सचेतक, सभामुखलाई राखेर अगाडि बढ्न सकिने भन्दै यस विषयमा छिटो छलफल गर्नुपर्ने बताए । 

उनले भने, ‘यो शिक्षा विधेयकलाई व्यवस्थित गर्ने हो भने हामी निरन्तर रूपमा अगाडि बढ्नुपर्ने हुन्छ । विधेयकलाई कसरी समितिले टेबुल गर्ने हो त्यसमा ध्यान दिनुपर्छ र यो जस्ताको त्यस्तै टेबुल गर्न पनि सकिँदैन । यसलाई अबको शिक्षाको मोडल कस्तो हुने, यसभित्र प्रवेश कसरी गराउने भन्ने विषयमा दफावार छलफल गरेर अध्ययन गरेर कसरी जान सकिन्छ भन्ने कुरा समितिभित्रै प्रवेश गराउन सक्छाैँ, सकिएन भने सबै दलका सचेतक, सभामुखलाई राखेर अगाडि बढ्न पनि सकिन्छ ।’ 

यसको साथै, उनले दशैं–तिहारपछि वा सदन नचलेसम्म निरन्तर रूपमा विधेयकमाथि छलफल अगाडि बढाउने पनि उनले बताए । उनले समितिमा निर्णय गर्ने बेला तीन–चारजनाबाहेक सदस्यहरू नहुने गरेको गुनासो पनि गरे । 





  • प्रकाशित मिति : असोज ४, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया