logo-img

शिक्षामन्त्री भट्टराईद्वारा विश्वविद्यालयका उपकुलपतिसँग छलफल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले तीनवटा विश्वविद्यालयका उपकुलपतिसँग विश्वविद्यालयको पठनपाठन, परीक्षा, गुणस्तर, भौतिक र अन्य स्रोत साधनको व्यवस्थापनका विषयमा छलफल गरेकी छिन् ।

उनले त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिसँग संयुक्त रूपमा विश्वविद्यालयको व्यवस्थापन र अध्यापनबारे छलफल गरेको मन्त्री भट्टराईको निजी सचिवालयले जनाएको छ ।

उनले देशका विश्वविद्यालयले रोजगार बजारका लागि दक्ष जनशक्ति उत्पादन गर्न विदेशी विद्यार्थीलाई पनि आकर्षित गर्नेगरी शैक्षिक योजना बनाउनुपर्नेमा जोड दिएकी थिइन् ।

त्रिविका उपकुलपति डा. केशरजंग बरालले शैक्षिक ‘क्यालेन्डर’का आधारमा अध्यापन तथा परीक्षा र प्रश्नपत्रमा सुधार, विश्वविद्यालयको पुनःसंरचना, पाठ्यक्रम संरचना एवं पुनरवलोकन, पुस्तकालय सुधार, परीक्षा प्रणालीको ‘डिजिटाइजेसन’ र विश्वविद्यालयलाई विद्यार्थी तथा समाजको समुदायको नजिक पुर्याउने विषयमा जानकारी दिएका थिए ।

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति यादवप्रसाद लामिछाने शास्त्री र आचार्य तहका पाठ्यक्रम परिमार्जन, पठनपाठनमा आधुनिक र पूर्वीय दर्शनको एकीकरण एवं आयुर्वेदका कार्यक्रम सञ्चालनका लागि जनशक्ति योजना र स्रोतसाधनको अध्यापन तथा पुस्तकको डिजिटाइजेसन गर्न प्रारम्भ भएको बताए ।

यस्तै सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा हेमराज पन्तले आंगिक क्याम्पसको व्यवस्थापन, गाभ्ने र गाभिने तथा सम्बन्धन, शैक्षिक क्यालेन्डर, छात्रवृत्ति व्यवस्थापन, एवं विश्वविद्यालय अनुदान आयोग र मन्त्रालयको निरन्तर समन्वयका लागि मन्त्री भट्टराईसँग अनुरोध गरेका छन् ।





  • प्रकाशित मिति : असोज ६, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया