झण्डै एक दशकपछि कलाकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह)को जोडीले देशव्यापी ‘महजात्रा’ आयोजना गर्ने भएका छन् । कात्तिक २९ गतेदेखि मंसिर १८ सम्म काठमाडौंको प्रज्ञा भवन र मोफसलका सहरमा जात्रा आयोजना बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।
मानव सेवा आश्रम र मीरा फाउण्डेसनको सहयोगार्थ सुश्री मिडियाले कार्यक्रम आयोजना गर्न लागेको बताइएको छ । काठमाडौंमा १२ र मोफसलका सहरमा पनि १२ स्टेज शो आयोजना हुने आयोजकले बताएको छ ।
जात्रामा कलाकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित किरण केसी, नरेन्द्र कंसाकार, राजाराम पौडेल, शैलेन्द्र सिंखडा, शिवहरि पौड्याल, यमन श्रेष्ठ, दिनेश काफ्ले, विभूषा बस्नेतले महजात्रामा हास्यव्यंग्य प्रस्तुति दिनेछन् ।
लामो समयपछि हुन लागेको यो कार्यक्रममार्फत वर्तमान देशकाल, परिस्थिति र विकृतिलाई हास्यव्यंग्य मार्फत कटाक्ष गरिने अभिनेता समेत रहेका हरिवंशले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।