भारतकाे बिहारमा जितिया पर्व मनाउने क्रममा ४६ जनाको मृत्यु भएको छ । बिहारमा पोखरी र अन्य ठाउँमा नुहाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको मृत्यु भएको हाे ।
राज्यका विभिन्न जिल्लामा जितिया पर्वको समयमा यो दुर्घटना भएको बिहार सरकारको प्रकोप व्यवस्थापन विभागले जनाएकाे छ। पोखरीमा डुबेर सबैभन्दा बढी आठजनाको मृत्यु औरंगाबाद र कैमुर जिल्लामा भएको छ ।
दक्षिण बिहारका जिल्लाहरूमा सामान्यतया पोखरीमा पानी कम हुन्छ तर यस वर्ष भारी वर्षाका कारण पोखरीमा पानी बढी रहेको विभागले जनाएको छ । रोहतास, अरवाल, नालंदा, सिवान र बक्सरलगायत राज्यका अन्य जिल्लामा पनि जितिया पर्वमा नुहाउने क्रममा डुबेर महिला तथा बालबालिकाको मृत्यु भएको छ ।
जितिया पर्व मंगलबार र बुधबार मनाइएको थियो । यस पर्वमा बिहार, झारखण्डजस्ता धेरै राज्यहरूमा विभिन्न मान्यताअनुसार महिलाहरू व्रत बस्छन् र नदी वा पोखरीमा नुहाउन पनि जान्छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।