logo-img

एमालेका सांसदले बाढीपीडित राहत काेषमा आधा महिनाको पारिश्रमिक जम्मा गर्ने

सत्तारुढ दल नेकपा एमालेका सांसदहरूले बाढीपीडित राहत काेषमा आधा महिनाको पारिश्रमिक जम्मा गर्ने भएका छन् । एमाले संसदीय दलकाे बैठकले आफ्नाे दलमा आबद्ध भएका सांसदहरूको आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्न निर्देशन दिएकाे  एमाले सचेतक सुनिता बरालले जानकारी दिइन् । 

बैठकले प्राकृतिक विपत्तिमा परेका नागरिकहरूको उद्धार र राहत कार्यमा जुट्न पार्टीका नेता/कार्यकर्तालाई निर्देशन पनि दिएको छ । मंगलबार बसेको संसदीय दलको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पीडितहरूको पुनः स्थापना, राहतको व्यवस्था गर्न र समस्या परेका स्थानमा समाधान गर्न सरकारी तवरबाट पहल र प्रयत्न गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले आमनागरिकलाई साझा रूपमा संयुक्त आह्वान गरेर डटेर विपद् व्यवस्थापनमा जुट्न आग्रह गरेको सचेतक बरालले बताइन् । सरकारी, गैरसकारी संस्था, नागरिक समाजलाई पनि आवश्यक सहयोग गर्न आह्वान गरेको उनले जानकारी दिइन् । 

'बाढी पीडितहरूको सन्दर्भमा पुनः स्थापना गर्ने, उहाँहरूलाई राहतको व्यवस्था गर्ने, समस्या परेका स्थानमा समाधान गर्न सरकारी तवरबाट पहल र प्रयत्न गरी हामी जनप्रतिनिधिले कहाँ र कसरी सहयोग गर्न सकिन्छ भन्ने कुरामा साझा रूपमा संयुक्त आह्वान गर्दै डटेर अघि बढ्ने,'उनले भनिन्, 'यसमा नेकपा एमाले र एमाले दलका तर्फबाट सरकारी, गैरसकारी संस्था, नागरिक समाजलाई पनि अनुरोध गर्ने र सरकारी संयन्त्रहरूको अधिकतम उपयोग गर्नका लागि जनप्रतिनिधिहरू सचेततापूर्वक लाग्ने कुराको निर्देशन दिनुभएको छ ।' 
 





  • प्रकाशित मिति : असोज १५, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया