logo-img

गाडी र हवाई यातायातको भाडा घटाउन कांग्रेसको दबाब

नेपाली कांग्रेस संसदीय दलले सवारीसाधन र हवाई भाडादरमा भएको अस्वाभाविक मूल्य वृद्धिलाई घटाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । 

मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको दलको बैठकले सवारीसाधन र हवाई भाडादारमा भएको अस्वाभाविक मूल्य वृद्धिलाई नियन्त्रण गरी सरकारलाई पहिलेकै भाडादर कायम राख्न माग गर्ने निर्णय गरेको पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए ।  

उनले भने,‘यस्तो परिस्थितिमा मूल्य वृद्धि गर्ने र कालोबजारी पनि हुन्छ । यस्तो सम्भावनालाई मध्यनजर राखेर सरकारले अस्वाभाविक मूल्य वृद्धिलाई नियन्त्रण गरी अस्वभाविक रूपले बढाएको भाडा दरलाई नियन्त्रण गर्ने, सवारी साधन र हवाई यातायातलाई पहिलेकै भाडा दर कायम राखोस् भन्ने माग गरेका छौँ ।’

त्यस्तै, बैठकले बाढी पहिरोको कारण क्षतविक्षत भएका अति आवश्यक भौतिक पूर्वाधारका संरचना तत्काल निर्माण गरेर सेवा सूचारु गर्न आग्रह गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए । 





  • प्रकाशित मिति : असोज १५, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया