logo-img

प्रधानन्यायाधीशकाे काम गैरकानुनी हाे, कैद बस्न परे पनि तयार छु : अध्यक्ष घिमिरे

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्याय परिषद्ले गरेका कामबारे विरोध गर्न पाइने भन्दै आफूले प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठबारे बोलेर कुनै गल्ती नगरेको बताएका छन् ।

उनीविरुद्ध अवहेलनामा सर्वोच्च अदालत प्रशासनले मुद्दा दायर गरेपछि मंगलबार पत्रकार सम्मेल गर्दै उनले प्रधानन्यायाधीश न्याय परिषद्को अध्यक्ष र संवैधानिक परिषद्को सदस्य पनि भएकाले न्याय परिषद्ले गरेका कामबारे विरोध गर्न पाइने बताए । 

उनले भने,‘प्रधानन्यायाधीश न्याय परिषद्को अध्यक्ष हुनुहुन्छ । संवैधानिक परिषद्को सदस्य पनि हुनुहुन्छ । यो न्याय परिषद्ले गरेका काम क्रियाकलापको सन्दर्भबारे बोलिएको शब्द हुन् । त्यसकारण विरोध गर्न पाइन्छ । हरिकृष्ण कार्की प्रतिवेदनमा स्वयं भोलि बन्न लाग्नुभएको प्रकाश राउतले हस्ताक्षर गर्नुभएको छ । प्रतिवेदन मैले बोलेको शब्दभन्दा धेरै कडा छ ।’

उनले कानुनको शासन र स्वतन्त्र न्यायपालिकाको रक्षाको लागि कैद नै बस्नु परे पनि आफू तयार रहेको, तर गैरकानुनी र गैरसंवैधानिक कामलाई संवैधानिक भन्न कदापि नसक्ने जिकिर गरे । 

उनले भने,‘कानुनको शासन र न्यायपालिकाको रक्षाको लागि मैले मुद्दा फेस गर्दा त्यसको परिणाम जे आए पनि भोग्न तयार छु । कैद नै बस्नु परेछ भने पनि म त्यसको लागि तयार छु । तर, गैरकानुनी र गैरसंवैधानिक कामलाई संवैधानिक भन्न सक्दिनँ ।’





  • प्रकाशित मिति : असोज १५, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया