logo-img

प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता सम्पन्न

यस वर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगितामा उपत्यका पृतना प्रथम, नं १६ बाहिनी द्वितीय र विशेष फौज बाहिनी तृतीय भएको छ । यसैगरी गणतर्फ पुरानो गोरख गण प्रथम तथा जगदल गण र भैरवनाथ गण समान अङ्कका साथ द्वितीय घोषित भए ।

गत भदौ  ३० गतेदेखि सुरु भएको प्रतियोगितामा एथ्लेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, जुडो, भलिबल, बास्केटबल र फुटबल खेल विधा समावेश थिए ।यस्तै पृतना, युद्ध मद्दती बाहिनी र विशेष फौज बाहिनीका  १४  टिम प्रतिस्पर्धा थिए ।

उक्त प्रतियोगिताअन्तर्गत कालीशक्ति गण र भैरवनाथ गणबीच भएको फुटबल खेलमा कालीशक्ति गण विजयी भएकाे छ । प्रतिस्पर्धामा कालीशक्ति गणले भैरवनाथ गणलाई १ विरुद्ध २ गोलले पराजित गरेकाे थियाे  प्रतियोगितामा चन्दननाथ गण तेस्रो भयो । प्रतियोगितामा खेलाडी र प्रशिक्षक गरी दुई हजारभन्दा बढीको सहभागिता रहेको थियो

सैनिक मुख्यालयको खेल मैदानमा भएको समापन समारोहमा प्रधानसेनापति अशोकराज सिग्देलले प्रतियोगितामा प्रथम हुने उपत्यका पृतना र गणलाई ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरेका थिए ।

सोही अवसरमा प्रतियोगिताका उत्कृष्ट खेलाडी एवं रेफ्रीलाई पनि पुरस्कृत गरिएको थियो ।  समारोहमा प्रधानसेनापति सिग्देलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ह्विलचियर खेललगायत प्रतियोगिताका ११ मेधावी खेलाडीलाई प्रधानसेनापति प्रशंसा निशान प्रदान गरिएको छ ।



प्रतियोगितामा द्वितीय तथा तृतीय स्थान हासिल गर्ने टिमलाई पूर्वप्रधान सेनापति त्रय गौरव शमशेर राणा, राजेन्द्र थापा र पूर्णचन्द्र थापाले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।



कार्यक्रममा संगठनमा रही वर्षभरिमा उत्कृष्ट घोषित एक महिला र एक पुरुष खेलाडीलाई अजेयबल ट्रफी प्रदान गरियो । नेपाली सेनाले प्रतिभावान् खेलाडीको पहिचान गर्ने र अन्तर्राष्ट्रियस्तरको योग्यता र क्षमतावान् खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रत्येक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको छ ।

केही प्रतियोगितामा यस वर्ष खेलाडीले संगठनको अघिल्लो वर्षको रेकर्डसमेत तोड्न सफल भए । प्रतियोगिताअन्तर्गत ४२ किलोमिटर म्याराथन र १० किमी दौडमा शिशिरकुमार शाही प्रथम भई दुवै विधाको पुरस्कार प्राप्त गर्न सफल भएका छन् ।

  • प्रकाशित मिति : असोज १५, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया