logo-img

अखिल (क्रान्तिकारी)मा विवाद सुल्झिएन, बन्द सत्र पुनः स्थगित

नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन अखिल (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलनमा विवाद भएपछि बन्द सत्र पुनः स्थगित भएकाे छ। उमेर हदको विषयमा विवाद भएपछि क्रान्तिकारीले सूचना जारी गर्दै आज गर्ने भनिएको बन्द सत्र स्थगित भएको जनाएको हो।

गत बिहीबारबाट सुरु भएको बन्द सत्रका क्रममा तोडफोड भएपछि एक दिन पछि सरेकाे हाे । सूचनाअनुसार बन्द सत्र भोलि (बिहीबार)का लागि तोकिएको छ।
 
त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा आयोजना हुने सम्मेलन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए। असोज १४ गते पनि जारी सम्मेलनमा कुर्सी हानाहान परेको थियो। 





  • प्रकाशित मिति : असोज १६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया