logo-img

हवाई चाप बढेको छ, व्यवस्थित बनाउँछौँ : मन्त्री पाण्डे

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले विपद र चाडसँगै आएका कारण हवाई चाप बढेको बताएका छन् । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल हवाई नियन्त्रक संघको २३औँ वार्षिक साधरणसभालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । 

उनले भने, ‘विपद् र महान् चाडसँगै आएका कारण हवाई चाप बढेको छ । यसलाई कसरी न्यायोचित बनाउने भनेर कुरामा हामी निरन्तर काम गरिरहेका छौँ ।’  
मन्त्री पाण्डेले यात्रुको सहजताका लागि मन्त्रालयले निरन्तर काम गरिरहेको पनि बताए । उनले पर्यटन मन्त्रालय सम्बद्ध संस्कृति, पर्यटन र हवाई नीति परिमार्जनको क्रममा रहेको बताउँदै ऐन नीति बनाएर सुदृढीकरण गर्ने उद्घोष गरे ।
 
मन्त्री पाण्डेले टे«ड युनियनलगायतका संघ–संस्थाले सत्य, तथ्य कुरा मात्रै पस्किनुपर्ने भन्दै नेपालको हवाई आकाश सुरक्षित रहेको छ भन्ने सन्देश दिनसमेत अनुरोध गरेका छन् । मन्त्री पाण्डेले शुक्रबार नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यातायातसम्बद्ध पदाधिकारीसँग छलफल गरेका छन् । साथै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टावरको समेत अवलोकन गरेका थिए ।





  • प्रकाशित मिति : असोज १८, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया