मकवानपुरमा ३ ट्रक आपसमा ठोकिए, १० घाइते, ३ को अवस्था गम्भीर

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ स्थित पूर्वपश्चिम राजमार्ग खण्डमा तीनवटा ट्रक आपसमा ठोक्किँदा १० जना घाइते भएका छन् । मकवानपुर प्रहरीका अनुसार घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ ।

बिहान साढे ९ बजेतिर हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ३३७४ नम्बरको ट्रक र नारायणगढबाट हेटौँडातर्फ आइरहेको ना ४ ख ११९२ नम्बरको ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुई ट्रक ठोक्किएपछि नारायणगढतर्फबाटै आइरहेको ना ६ ख ९९०७ नम्बरको ट्रक पनि ठोक्किएको थियो । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घाइते ६ जनालाई उपचारको लागि भरतपुर अस्पताल पठाइएको छ भने ४ जनाको मनहरी प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि चितवन पठाउने तयारी छ ।

घाइते हुनेमा तीनवटै ट्रकका चालक र सहचालकसहित केही यात्रु छन् । एउटा ट्रकले अर्कोलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रहरीको अनुमान छ । 

दुर्घटनापछि अवरुद्ध भएको राजमार्ग अहिले खुलाइएको छ । 





  • प्रकाशित मिति : बैशाख २१, २०७६ शनिबार १३:८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया