logo-img

डेंगु संक्रमित : देशभर १५ हजार,उपत्यकामा मात्रै २७ सय

हाल देशभर १४ हजार ९७५ जनामा डेंगु संक्रमण देखिएकाे छ । तीमध्ये काठमाडौं उपत्यकामा झण्डै २७ सय डेंगु संक्रमितका बिरामी देखापरेका छन् । 

देशभरका डेंगु संक्रमितमध्ये २६ सय ९८ जना डेंगु संक्रमित काठमाडौं उपत्यकामा फेलापरेका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को तथ्यांक छ । देशभर डेंगु संक्रमितमध्ये सातजनाको मृत्यु भइसकेको इडिसिडीले जनाएको छ ।

जसअनुसार काठमाडौंमा १ हजार ९ सय ८६, भक्तपुर २ सय २३ र ललितपुर ४ सय ८९ जनामा डेंगु संक्रमण देखिएको हो । ७७ जिल्लामध्ये जुम्लाबाहेक सबै जिल्लाका १४ हजार ९७५ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । 





  • प्रकाशित मिति : असोज २०, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया